
काठमाडौं , काठमाडौंमा नेपाल भारत लगानी एक्स्पो आयोजना हुने भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, भारतीय दुतावास र भारतीय फ्रेन्चाईँज कम्पनीको संयुक्त आयोजनामा जेठ १ र २ गते एक्स्पो हुने भएको हो । नेपालमा वैदेशिक लगानी भित्र्याउने मुख्य उद्देश्यका साथ सो प्रर्दशनी आयोजना गर्न लागिएको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिनु भयो ।
सम्मेलनको दोस्रो दिन प्रधानमन्त्री केपीशर्मा ओलीले एक्स्पोको औपचारिक उद्घाटन गर्नु हुने छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले एक्स्पोमा दुबै देशका करिब ६० वटा ब्राण्डेड कम्पनीले भाग लिने जानकारी दिनु भयो ।
