मिडिया काउन्सिलसम्बन्धी विधेयक सरकारले फिर्ता लिनु पर्छः बिष्णु प्रसाद शर्मा

३० बैशाख २०७६, सोमबार १६:१७

काठमाण्डौं , नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक एवंम राजनीतिक बिश्लेषक बिष्णु प्रसाद शर्माले प्रेसमाथि अंकुश स्वीकार्य नहुने बताउनु भएको छ । आयोखवर डटकम संग कुरा गदै उहाँले प्रेस माथिको अंकुश नेपाली जनतालाई स्वीकार्य नभएको बताउनु भएको हो । जनताको आवाज उठाउने पत्रकारहरुले पनि संयमित भएर कलम चलाउने बेला आएको शर्माको भनाइ छ ।
उहाँले प्रेस स्वतन्त्रता हननका घटना मान्य नहुने भन्दै मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता लिन सरकारलाई आग्रह गर्नु भयो ।
राजनीतिक बिश्लेषक बिष्णु प्रसाद शर्माले सरकारले मिडिया काउन्सिल विधेयक ल्याएर पत्रकारका लागि कू गर्न खोजेको दाबी समेत गर्नु भयो ।
उहाँले स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप स्वीकार्य नहुने बताउनु भयो । २०४६ सालको परिवर्तनका लागी अहंम भूमिका खेल्ने लेखक , पत्रकार , कवि लगायतका खुफियाहरुलाई माफियाको रजाँई भित्र प्रवेश गराई यो सरकारले आफनो आयु आफैले घटाउने काम गरिरहेको शर्माले बताउनु भयो । उहाँले खुफियाहरुको मुख वन्द गराएर आफनो अधिनमा राखने प्रयास यो बिद्येयकले गरेको हुँदा राष्ट्रका लागी नितान्त घातक हुने बताउनु भयो ।