रातो मच्छिन्द्रनाथको जात्रा आजदेखि

२२ बैशाख २०७६, आईतवार १३:०५

काठमाण्डाै – ललितपुरमा रातो मच्छिन्द्रनाथको जात्रा आजदेखि सुरु हुँदैछ ।

रातो मच्छिन्द्रनाथलाई खट्मा राखेर टंगालबाट बाजासहित पुल्चोक लगिने र दिउँसो चार बजे विधिपूर्वक पूजा गरी रथारोहण गरेपछि जात्रा सुरु हुने गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले जानकारी दिनुभयो ।

रथलाई जेठ तेस्रो हप्तासम्म जावलाखेल पुर्याइने गुठी संस्थानको तयारी छ । रथ जावलाखेल पुगेको चौथो दिन भोटो देखाएर जात्रा समापन गर्ने चलन छ ।