
काठमाडौं , पछिल्लो समय बलिउड कलाकार आमिर खानले आफ्नो ‘इन्स्टाग्राम’मा ‘शेयर’ गरेको भिडियो भाइरल बनेको छ । उनले महाश्रमदानमा सहभागी हुँदै मजदुर दिवसको अवसरमा सो भिडियो ‘शेयर’ गरेका थिए । भिडियोमा एक बालिकाले कोदालोले खन्दै गरेकी छन् ।
भिडियोमा बालिकाले कोदालोले खन्दै गरेकी छन् भने आमिरले माटो उठाएर बाहिर फ्याँकेको देखिएको छ । यो भिडियो सार्वजनिक भएसँगै आमिरले बाल श्रमलाई प्रोत्साहन गरेको भन्दै ‘इन्स्टाग्राम’मा आलोचना भएको छ । भिडियोमा करिब ९० हजारले ‘लाइक’ गरेका छन् । एजेन्सी
