
काठमाडौँ , प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा सञ्चारकर्मीसँग शुक्रबार संसद्को संयुक्त बैठकमा राष्ट्रपतिद्वारा प्रस्तुत आव २०७६, ७७ का लागि सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्नु भएको थियो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमको कार्यान्वयन बारेका अन्योल वा अस्पष्टताबारे सञ्चारकर्मीका जिज्ञासा सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रमुख तथा प्रतिनिधि, वरिष्ठ सम्पादक तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
