पूँजीवादी कित्तामा लाग्ने कि समाजवादी कित्तामा कित्ता छुट्याएर हात उठाउने बेला भयोः प्रचण्ड

१८ बैशाख २०७६, बुधबार १७:००

काठमाडौं , सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूँजीवादी कित्तामा लाग्ने कि समाजवादी कित्तामा लाग्ने भनेर हात उठाउने बेला भएको बताउनु भएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो ।

दुई मे दिवसका सन्दर्भमा त्यसरी कित्ता छुट्याइयो भने हामीले सोचेको जस्तो तागत बन्न सक्ने उहाँले बताउनु भयो । उहाँले विश्वमा कम्युनिस्ट आन्दोलन रक्षात्मक भएपनि नेपालमा भने आक्रामक नै रहेको जनाउँदै तर सन्तुष्ट हुने अवस्था नरहेको
बताउनु भयो ।

अहिले विचारलाई भुत्ते बनाउने र छोड्नेतर्फ मानिसहरु उद्यत भएको बताउँदै प्रचण्डले प्रष्ट भन्दा पनि अस्पष्ट हुने काम भएको
बताउनु भयो । उहाँले पूँजीपतिसँग आत्मसमर्पण गर्नुको साटो विचारका आधारमा ऐक्यबद्धता जनाउनुपर्ने बताउनु भयो ।