निर्वाचनमा सेनासहित तीन घेराको सुरक्षा

१० कार्तिक २०७४, शुक्रबार ०१:३०

कात्तिक १०, काठमाडौँ । आगामी प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणको निर्वाचनका लागि सेनासहितको तीन घेरा सुरक्षा व्यवस्था गरिने भएको छ ।

गृह मन्त्रालयले स्थानीय तह निर्वाचनमा अपनाएको सुरक्षा योजना परिमार्जनसहित कार्यान्वयनमा ल्याउँदै तीन घेरे रणनीति बनाएको खबर आजको नागरिकमा छ ।

३२ जिल्लामा मंसिर १० मा हुने पहिलो चरणको निर्वाचनको सुरक्षाका लागि सेनासहित चारै सुरक्षा निकायलाई परिचालनको निर्णय गरेको गृहले मन्त्रालयले जानकारी दिएको छ ।

निर्वाचन अगाडी मतदानको दिन र मतदान सकिएपछि गणनाको समय गरी निर्वाचनको सुरक्षालाई तीन तहमा बर्गीकरण गरी सोहीअनुसार परिचालनका लागि सुरक्षा तयारी भईसकेको गृहले जानकारी दियो ।