कपिलबस्तुको बाणगंगामा एक महिलाको हत्या

१६ बैशाख २०७६, सोमबार १२:३३

कपिलबस्तु , कपिलबस्तुको बाणगंगामा एक महिलाको हत्या भएको छ । वाणगंगा नगरपालिका ८ बालापुरमा स्थानीय २१ वर्षीय सुनिता थारुको गएराति हत्या भएको हो ।

हत्या गरेर फालिएको अवस्थामा सुनिताको शव आज विहान फेला परेको प्रहरीले जानकारी दिएको छ । हत्यामा संलग्न रहेको आशंकामा सुनिताका श्रीमान सुरेश थारु सहित तीन जना पक्राउ परेका छन । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।