प्रेसको महत्वपूर्ण भूमिका छः प्रचण्ड

१५ बैशाख २०७६, आईतवार १५:२२

काठमाडौं , सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले चलाएको पहिलो प्रधानमन्त्रीको कार्यकाल परिपक्व नभएको अहिले आएर थाहा भएको बताउनु भएको छ । नेपाल पत्रकार महासंघका पदाधिकारीहरुले बुझाएको ध्यानाकर्षण पत्र लिने क्रममा प्रचण्डले आज सो कुरा बताउनु भएको हो ।

उहाँले अहिले जेल, नेल भोगेका र विगतमा प्रेसको सहयोग खोजेका व्यक्तिहरु नै सरकारमा रहेकोले प्रेसप्रति सबै सकारात्मक हुने आशा गरिएको बताउँदै यही भएर नै संविधानमा पनि प्राथमिकतामा राखिएको बताउनु भयो । उहाँले प्रेसको महत्वपूर्ण भूमिका रहेको समेत बताउनु भयो ।

प्रेसले शान्ति प्रक्रियामा पनि सघाएको उल्लेख गर्दै उहाँले प्रेस नभएको भए अहिले आफू यहाँ नहुने समेत बताउनु भयो । पक्राउ परेका पत्रकारको रिहाई, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता, प्रेसमैत्री कानुन लगायतका १६ बुँदा समेटिएको ध्यानाकर्षण महासंघले उहाँलाई बुझाएको थियो । उहाँले आफूले महासंघका कुरा प्रधानमन्त्री समक्ष पुर्याउने समेत बताउनु भएको थियो ।