एजेन्सी । बार्सिलोनाका कप्तान लिओनल मेस्सीले लिग ला लिगामा नयाँ कीर्तिमानी बनाएका छन् । सन् २००४ देखि बार्सिलोनाको सिनियर टोलीबाट खेलिरहेका मेस्सीले ३१ बर्षको उमेरमा बार्सिलोनालाई लागि ला लिगाको १० औं उपाधि दिलाउन सफल भएका हुन् ।
बार्सिलोनाका लागि यो एक नयाँ इतिहास हो । बार्सिलोनाका लागि यसभन्दा अघि कुनै पनि खेलाडीले ला लिगाका १० उपाधि उचालेका छैनन् । शनिबार राति लेभान्टेलाई १–० गोलले पराजित गर्दै बार्सिलोनाले २६ औं पटक लिग उपाधि जित्दा अर्जेन्टिनी कप्तान मेस्सीले भने व्यक्तिगत रूपमा १० औं पटक ला लिगा उपाधि जितेका हुन् ।
मेस्सीपछि बार्सिलोनाका पूर्वकप्तान आन्द्रेस इनिएस्टाले पनि ९ पटक ला लिगा उपाधि जितेका छन् ।
