आनाको कन्फिडेन्स

२ भाद्र २०७४, शुक्रबार १२:२२

श्रावण २८, २०७४- चलचित्र जेरी प्रदर्शन भएपछि आना शर्मालाई दर्शक, चलचित्रकर्मी तथा समीक्षक सबैले मन पराए । आनाको अभिनय तथा सुन्दरताको चौतर्फी प्रशंसा भयो । उनी पहिलो चलचित्रको व्यवसायिक सफलतापछि तत्काल दोस्रो चलचित्रमा दोहोरिनन् । बरु आनाले आफूले थप चलचित्रमा काम नगर्ने घोषणा नै गरिन्, तर एकपटक अभिनयको स्वाद चाखिसकेकी आनाले लामो समयसम्म आफूलाई रोक्न सकिनन् ।

झन्डै तीन वर्षपछि आनाले नयाँ चलचित्र ग्याङस्टर ब्लुजमा अभिनय गरिन् जुन चलचित्रको प्रोमो तथा गीत लोकप्रिय भैसकेको छ । ती सामग्रीमा आनाको कामको प्रशंसा समेत भैरहेको छ । दर्शकको प्रतिक्षाको सूचीमा रहेको उक्त चलचित्रमा आफूले उत्कृष्ट काम गरेको आनाले बताइसकेकी छिन् ।

आना चलचित्रको आफ्नो भूमिकाप्रति आत्मविश्वासी देखिएकी छिन् । उनले तेस्रो चलचित्रका बारेमा भने अहिले नै सोच्न नभ्याएको समेत बताएकी छिन् । ग्याङस्टर ब्लुजको दर्शक प्रतिक्रियापछि मात्र तेस्रो चलचित्रमा काम गर्ने कि नगर्ने निर्णय गर्ने आना बताउँछिन् ।