‘मुना पलायो’ बजारमा

१४ बैशाख २०७६, शनिबार १३:१२

काठमाडौँ , कलाकार राजेन्द्रकुमार कार्कीले नयाँ गीत ‘मुना पलायो’ बजारमा ल्याएका छन् । गीतमा गायक कुलेन्द्र विश्वकर्मा, गायिका मेलिना राई र कलाकार कार्कीको आवाज रहेको छ । सुमधुर क्रिएसनको प्रस्तुति रहेको गीतमा राजेन्द्र कार्कीको शब्द तथा लोक गायक विष्णु खत्रीको संगीत रहेको छ । मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतमा कमल सौरागले संगीत संयोजन गरेका छन् ।

मिलन श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोको छायांकन सागर गौतमको रहेको छ । रोशन धितालले सम्पादन गरेको गीतलाई गायक विष्णु खत्रीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतको भिडियोमा कलाकार ओबी रायमाझी, संजिव ठकुरी, नायिका सिर्जु अधिकारी र सन्ध्या सानु लगायतको अभिनय छ ।