अर्घाखाँचीमा एचएच बजाजको नयाँ शोरुम संचालनमा

१२ बैशाख २०७६, बिहीबार १०:५५

अर्घाखाँची , अटोमोबाइल ब्राण्ड हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रालिको नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत बितरक एचएच बजाजले अर्घाखाँचीको सन्धिखर्कमा शोरुम संचालनमा ल्याएको छ । ‘बस्याल ब्रदर्स अटोलिङ्क प्रालिको नाममा नयाँ नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।

एचएच बजाज ग्राहकहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट एचएच बजाजले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । एचएच बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पु¥याउने प्रयास गरिरहेको छ ।