राजतन्त्र व्यूँताउने सपना नदेखे हुन्छः प्रधानमन्त्री केपी शर्मा ओली

९ बैशाख २०७६, सोमबार १५:२३

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले केही तत्व राजतन्त्र व्यूँताउने सपना देखेर हिँडेको देख्दा अचम्म लागेको बताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको ७० औं बार्षिकोत्सव समारोह सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले मुलुक ७० वर्षको संघर्षपछि मात्र लोकतन्त्र प्राप्त भएको भन्दै राजतन्त्र व्यूँताउने सपना सपनामात्रै रहने बताउनु भयो ।

उहाँले आजको दिन सिंगो मुलुकका लागि नै खुशीको क्षण भएको बताउनु भयो । प्रधानमन्त्री ओलीले तत्कालीन नेकपा एमाले र तत्कालीन माओवादी पार्टीबीचको एकीककरण टुंगिएको प्रसंगमा यस्तो बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले दुई पार्टीबीचको एकीकरण पछि बनेको संसदको ठूलो दल नेकपाले राष्ट्रियताको रक्षा गर्दै राष्ट्रियताको आन्दोलनलाई उचाइमा पुर्‍याएको दाबीसमेत गर्नु भयो ।