वीरगञ्जमा महिन्द्रा ट्र्याक्टरको नयाँ शोरुम

९ बैशाख २०७६, सोमबार १०:२२

काठमाडौं , अग्नि ग्रुपले विरगञ्जमा महिन्द्रा ट्र्याक्टरको शोरुम तथा सर्भिस सेन्टरको स्थापना गरेको छ । शोरुमको उद्घाटन अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा तथा विरगञ्ज नगरपालिकाकी उपमेयर शान्ति कार्कीले सामुहिक रुपमा गरे ।

सो अवसरमा कार्यकारी निर्देशक शर्माले आगामी कार्यक्रम “महिन्द्रा समृद्धि”को घोषणा पनि गरे । यो कार्यक्रम महिन्द्राले ल्याउन लागेको नवीन कृषि कार्यक्रम हो । यसले किसानको उत्पादनमा वृद्धि, जीवनमा समृद्धि ल्याउने छ । नयाँ शोरुमबाट ग्राहकहरुले महिन्द्राका जेन्युन स्पेयर पार्टस् प्राप्त गर्नुका साथै बिक्री पछिको सेवा पाउनेछन् ।