
काठमाडौं , अग्रज पत्रकार तथा नेपाल समाचार पत्रका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको आज निधन भएको छ । श्रेष्ठको उपचारको क्रममा राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा आज बिहान पौने १२ बजे निधन भएको हो ।
श्रेष्ठको शव अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो १ देखि ३ बजेसम्म भूगोल पार्कमा राखिने परिवारका सदस्यले जनाएका छन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।
