पूर्व मन्त्रि एकनाथ ढकालद्वारा बिद्धालय भबन हस्तान्तरण

३० चैत्र २०७५, शनिबार १३:३७

गोर्खा, नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालको पहलमा निर्माण सम्पन्न भयको भीमसेन गाउपालिका ८, गोर्खा स्थित श्री भवानी प्राथमिक बिद्धालयको ४ कोठे पक्कि भवन एक कार्यक्रमका बीच अध्यक्ष ढकालले बिद्धालयलाइ हस्तान्तरण गरेका हुन । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले भुकम्पको कारण बिद्धालयको पुरानो भवन पूर्ण रुपमा क्षति भयको र बिद्धार्थीहरु खुला आकासमा अध्ययन गर्न बाध्य भएको दृश्य सहन नसकी बिद्धालय भवन निर्माण गरिएको जानकारी दिदै भवन निर्माणमा सहयोग गर्ने युनिभर्सल पिस फेडेरेसन, विश्व शान्ति तथा एकीकृत परिवार संघ र दाताहरुलाई धन्यबाद दिए । नेता ढकालले बिद्धालयको उचित सदुपयोग र संरक्षण गर्न स्थानीयवासीलाई आग्रह गर्दै शैक्षिक क्षेत्रको बिकासमा आँफु सदैब लागिपर्ने प्रतिबद्धता ब्यक्त गरे । भीमसेन गाउपालीका ७ का अध्यक्ष नारायण श्रेष्ठ र ८ नम्बर वडाका अध्यक्ष बाँसु थापाले पूर्व मन्त्रि ढकालले गोर्खा जिल्लाको बिकासमा पुर्याएको योगदानको उच्च प्रसंशा गरे । नेपाल प्रहरीका पूर्व डीआइजी डा। श्याम नेपाल, परिवार दलका प्रबत्ता सन्तोष पौडेल, परिवार दलका गण्डकी प्रदेश संयोजक प्रकाश बाबु थापा लगायतले शुभकामना मन्तब्य राखेका थिए । भवन निर्माणमा कुन ३३ लाख रुपैया लागेको कार्यक्रम माझ जानकारी दिइयो । गृह जिल्ला गोर्खा पुगेका नेता ढकालले जिल्लाको विभिन्न क्षेत्रको भ्रमण गरि स्थानीयसंग अन्तरक्रिया तथा निर्माणाधीन योजनाहरुको निरीक्षण गरेको गोर्खा परिवार दलका अध्यक्ष रबिन्द्र थापाले जानकारी दिए । नेता ढकालको पहलमा गोर्खा जिल्लामा एक दर्जन भन्दा बढी पुस्तकालय तथा बिद्धालय भवनहरु निर्माण भएको उनले बताए ।