गुल्मी जिप दुर्घटनाः पूर्वसांसद भण्डारीसहित २ जनाको मृत्यु

२८ चैत्र २०७५, बिहीबार ११:४०

गुल्मी , गुल्मीमा जिप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीसहित दुई जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ । लु १ ज १९५७ नम्बरको जिप बिहीबार बिहान मुसिकोट नगरपालिका १ च्यानडाँडामा दुर्घटना भएको हो ।

यस्तै ८ जना घाइते भएका छन् । धुर्कोट गाउँपालिका निवासी भण्डारी २०४८ सालमा गुल्मीको तत्कालीन क्षेत्रनम्बर ३ बाट नेपाली कांग्रेसबाट सांसद बनेका थिए । जिप दर्लिनबाट बुटवल जाँदै गरेको बताईएको छ । जिप बाग्लुङको सिमानामा करिब १ सय मिटर तल खसेको छ ।