
काठमाडौं , पूर्व सांसद एवं उद्योगपति दिवाकर गोल्छाको निधन भएको छ । उनको मंगलबार राति भारतको चेन्नईमा उपचारका क्रममा निधन भएको हो । उनी मृगौला सम्बन्धी समस्याबाट पीडित थिए । स्वर्गीय गोल्छा २०६४ को संविधानसभामा नेपाली कांग्रेसका तर्फबाट सभाषद् थिए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष समेत रहेका स्वर्गीय गोल्छा नेपालको औद्योगिक क्षेत्रमा एक सम्मानित व्यक्तित्व थिए ।
