घुससहित मालपोतका सुब्बा पक्राउ

२५ चैत्र २०७५, सोमबार १६:१७

काठमाडौं , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार रुपैयाँ घुससहित एकजना नायब सुब्बालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भूमिसुधार तथा मालपोत कार्यालय, राजविराजानमा कार्यरत नायब सुब्बा वासुदेव मण्डल रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले मण्डललाई मोही जग्गाको बाँडफाँड गरी लगत कट्टा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग्दै गर्दा पक्राउ गरेको हो ।