
क्वालालम्पुर , मलेसियामा बस दुर्घटनामा परी दुई नेपालीसहित ८ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ । क्वालालम्पुर अन्तर्रा्ष्ट्रिय विमानस्थलको कार्गो कम्पनीमा काम गर्ने श्रमिकहरु चढेको बस सेलागरमा दुर्घटना हुँदा दुई नेपालीको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुने नेपालीमा सर्लाहीका जगनाथ सिंह थारु र बर्दियाका रामु चौधरी रहेका छन् । उनीहरु मध्ये तीन जना नेपालीको अवस्था गम्भीर छ । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको बताईएको छ ।
