
काठमाडौं, आइतबार चैत्र २४ सुनको मूल्य प्रतितोला ५९ हजार ८ सय रुपैयाँ पुगेको छ ।यो मूल्य अघिल्लो कारोबार दिनको शुक्रबार भन्दा तीन सय रुपैयाँले बढेको हो । तेजावी सुन भने प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
