
काठमाडौं , साहित्यकार तथा पूर्वमन्त्री मोदनाथ प्रश्रितलाई हृदयघात भएको छ । शनिबार काठमाडौंबाट बुटवल जाने क्रममा उहाँलाई हृदयघात भएको हो।
उहाँको शनिबार शल्यक्रिया गरी सीसीयूमा उपचार भइरहेको र स्वास्थ्य अवस्थामा सुधार आएको उहाँको छोरा विजय पौडेलले जानकारी दिनु भएको छ ।
७८ वर्षीय प्रश्रितलाई काठमाण्डौबाट–बुटवल जाने क्रममा हृदयघात भएपछि ललितपुरको भैँसेपाटीमा रहेको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।
धादिङ पुग्दा उहाँलाई हृदयघात भएपछि काठमाडौं फकाईएको थियो । प्रश्रितको नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको र हाल उहाँको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
