सर्वोच्चको आदेशपछि चुनाव सर्ने आशंका

९ कार्तिक २०७४, बिहीबार ०२:२५

कात्तिक ९, काठमाडौं । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको मतपत्र ३३० प्रकारको हुने भएको छ । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन क्षेत्र अनुसार प्रत्यक्ष निर्वाचनतर्फको मतपत्र डिजाईन गरेको हो ।

संविधान बमोजिम प्रतिनिधि सभाको निर्वाचन क्षेत्र १ सय ६५ कायम गरिएको छ भने प्रदेशसभाका लागि ३ सय ३० कायम गरिएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो हुने निर्वाचन प्रणाली तर्फको मतपत्र एउटै पानामा डिजाईन गरिएको आयोगका सहसचिव एवम् प्रवक्त नवराज ढकालले जानकारी दिएको खबर नेपाल सामाचारपत्रमा छापिएको छ ।

एउटै पानामा मथिल्लो खण्ड प्रतिनिधि सभा र तल्लो खण्ड प्रदेशसभाको गरि मतपत्र डिजाईन गरिउको हो । स्थानीय तहको निर्वाचनमा झै यसपटक मतपत्र ठुलो साईजको नहुने भएको छ । स्थानीय तह निर्वाचनको मतपत्रको साईज लगभाग ब्रोडसिट साईजको पत्रिका जस्तो थियो यसले गर्दा मसी नलत्पतिने गरि मतपत्र पट्याएर मतपेटिकामा खसल्न मतदातालाई गाह्रो भएको थियो । यस पटकको निर्वाचनमा मतपत्र पट्याउन र मतदान गर्न कठिन हुने छैन । आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले बताए ।