मिस मंगोलियन ईम्पायरको अडिसन २३ र ३० चैत्रमा

२२ चैत्र २०७५, शुक्रबार १७:२३

काठमाडौं, मिस मंगोलियन ईम्पायर २०१९ को अडिसन २३ र ३० चैत्रमा हुने भएको छ । प्रतियोगिताको अडिसन दरबार मार्ग स्थित माला आर्ट्स एकेडेमीमा हुन गईरहेको हो । क्लब फोर्टी इन्टरनेशनलको आयोजनामा हुन लागेको प्रतियोगितामा मंगोल नारीहरुले प्रतिस्पर्धामा भाग लिदैछन । अडिसन राउण्डबाट केही प्रतिस्पर्धीहरु अन्तिम राउण्डका लागि छनौट हुनेछन । फिनालेमा जान सफल प्रतियोगी मध्येबाट उत्कृष्ट ३ को छनौट गरिनेछ । प्रतियोगिताको मुख्य विजेताले स्कुटर सहित गिफ्ट हाम्पर र फर्स्ट एबम सेकेन्ड रनर अपले थाईल्याड ट्रिपमा जान पाउने छन । साथै प्रतियोगीहरुले ब्यक्तित्व विकास, सौन्दर्य एबम फेशनसँग सम्बन्धि ज्ञान, सेलिब्रिटीसग भेटघाट आदी अवसरहरु पाउने आयोजकले उल्ल्लेख गरेको छ ।