पावरको सोख छैन, विकासको भोक छः प्रधानमन्त्री केपी शर्मा ओली

२२ चैत्र २०७५, शुक्रबार १३:०८

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पावर (शक्ति) को सोख नभएको बताउनु भएको छ । प्रधानमन्त्री मातहतमा अधिकांश निकाय रहेकोमा आलोचना भइरहँदा ओलीले अहिलेको शासन प्रणालीमा प्रधानमन्त्री नै सबैभन्दा शक्तिशाली हुने उल्लेख गर्नु भएको हो ।

ओलीले आफूलाई पावरको सोखको सट्टा विकासको भोक रहेको उल्लेख गर्नु भयो । राष्ट्रिय विकास परिषद्को समापन समारोहमा प्रधानमन्त्री ओलीले अहिलेको प्रणाली केन्द्रिकृत नभएको दाबी गर्नु भयो ।

दीर्घकालीन सोचसहितको पन्ध्रौं योजनाको आधारपत्रमा सुझाव ग्रहण गर्दै उहाँले यो प्रथम संघीय योजना रहेको दाबी गर्नु भयो । यो रुपान्तरणले नेपालको परिचय र पहिचान नै बदल्ने उहाँले बताउनु भयो ।