राजधानीको सोल्टी होटलमा राष्ट्रिय विकास परिषद्‍को बैठक सुरु

२० चैत्र २०७५, बुधबार ११:५०

काठमाडौं , काठमाडौंमा राष्ट्रिय विकास परिषदको बैठक सुरु भएको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको पन्ध्रौं आवधिक योजनाबारे छलफल गर्न परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राजधानीको सोल्टी होटलमा सुरु भएको हो ।

प्रधानमन्त्री ओलीले बैठक उद्घाटन गर्नु भएको थियो । भोलिसम्म चल्ने बैठकमा उपप्रधामन्त्री तथा मन्त्रीहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, प्रदेशका मुख्यमन्त्रीहरु, संघीय संसदका समितिका सभापतिहरु सहभागी हुनेछन् । बैठकमा गभर्नर, योजना आयोगका सदस्यहरु, प्रदेश सरकारका योजना हेर्ने निकायहरु, जिल्ला समन्वय समितिका प्रमुखहरु, स्थानीय जनप्रतिनिधिलगायत करिब ३ सय ५० जना सहभागी हुँदैछन् ।