आँधीबेहरी पीडितको सहयोगमा सवै जुटौंः बिष्णुप्रसाद शर्मा

१९ चैत्र २०७५, मंगलवार ११:५७

काठमाण्डौ , बारा र पर्सामा आइतवार साँझको आँधीबेहरीले गरेको जनधनको क्षतिप्रति सबै तहका सरकारहरू र आमनागरिक संवेदनशील हुनु पर्ने राजनीतिक बिश्लेषक बिष्णुप्रसाद शर्माले बताउनु भएको छ । उहाँले बिरलै आउने भयंकर आँधीले २७ जनाको ज्यान गइसकेको र सयौँ जना घाइते भएको पुष्टि भइसकेको अवस्थामा पनि सरकार उद्धार र सहायतामा प्रभावकारी नदेखिएको बताउनु भयो । उहाँले अहिले तत्कालका लागि घाइतेको उपचार तथा उठीबास लागेकाहरूलाई बस्ने र खाने प्रबन्ध राज्यले मिलाउनु पर्नेमा जोड दिनु भयो ।
सरकारले प्रभावकारीरूपमा उद्धार, आकस्मिक सहायता र पुनस्र्थापना कार्य गर्नु पर्ने उहाँले बताउनु भयो । शर्माले संकीर्ण कर्मचारीतन्त्रबाट सञ्चालित सरकारी संयन्त्रले प्रभावकारीरूपमा सहयता र पुनस्र्थापना गर्छ भन्नेमा ढुक्क हुन भने नसकिने बताउनु भयो । शर्माले पर्सा र बाराका आँधीबेहरी पीडित क्षेत्रमा मन फुकाएर सहयोग गर्न सबैसँग आग्रह गर्दै पीडितहरूप्रति हार्दिक समवेदना र सहानुभूति प्रकट गर्नु भयो ।