
काठमाडौं , प्रदेश २ सरकारले बारा र पर्सा जिल्लामा हावाहुरीको कारणबाट प्रभाबित परेकाहरुको उद्धार तथा राहतका लागि पाँच सदस्यीय ‘राहत उद्धार व्यवस्थापन समिति’ गठन गरेको छ ।प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवको अध्यक्षतामा पाँच सदस्यीय ‘राहत उद्धार ब्यवस्थापन समिति’ गठन गरिएको हो ।
जसको सदस्यमा सामाजिक विकासमन्त्री नवलकिशोर शाह, वनमन्त्री रामनरेश राई, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, कानुन मन्त्रालयका उपसचिव अरुण झा रहेका छन् ।प्रदेश दुई सरकारले आइतबार साँझ आएको भीषण हावाहुरीका कारण ठूलो जनधानको क्षति भएको भन्दै केन्द्र सरकारलाई राष्ट्रिय शोकको घोषणा गर्न आग्रह गरेको छ ।
