
काठमाडौं , हिजो साँझ बारा र पर्सामा आएको हावाहुरीबाट ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको ट्विटर ह्यान्डलमा भर्खरै यस्तो जानकारी दिइएको हो । प्रमले ट्विट गर्दै भन्नु भएको छ , ‘‘घाइते हुनुभएका ६१२ जनामध्ये ३४३ जना उपचारपछि घर फर्किनु भएको छ । तत्काल राहतका लागि सामग्री सहित नेपाल प्रहरीको थप टोली बिहान पौने ५ बजे पुगेको छ । घाइतेको उपचारमा सरकारले कुनै कसर बाँकी राख्नेछैन ।’’
