पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेर प्रधानमन्त्री ओली आँधी प्रभावित जिल्ला जाँदै

१८ चैत्र २०७५, सोमबार १०:३३

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापाका सबै कार्यक्रम स्थगित गरेर आँधी प्रभावित जिल्ला जाने हुनु भएको छ । आँधी हुरीले बारा, पर्सालगायतका जिल्लामा जनधनको धेरै क्षति भएको जानकारी पाएपछि ओलीले पूर्वनिर्धारित सबै कार्यक्रमहरु स्थगित गर्नु भएको हो ।स्रोतका अनुसार ओली अब चन्द्रगढीबाट हेलिकोप्टरमार्फत् सीधै बारा जाँदै हुनुन्छ ।