सरकार प्रेस स्वतन्त्रता प्रति प्रतिवद्ध छः सञ्चारमन्त्री बास्कोटा

१७ चैत्र २०७५, आईतवार ११:३३

काठमाडौं , सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रेस स्वतन्त्रतालाई लिएर सरकारलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना नगर्न सवैलाई सचेत गराउनु भएको छ । सरकार प्रेस स्वतन्त्रता प्रति प्रतिवद्ध रहेको र कुनै पनि अवस्थामा अपहरित हुन नदिने उहाँले बताउनु भयो । आइतबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री बास्कोटाले उक्त कुरा बताउनु भएको हो ।

‘ज्ञानेन्द्रको पृष्टभूमि र अहिले सरकार चलाइरहेको पार्टीको पृष्टभूमि, निष्ठा, लक्ष्य, उद्देश्य विल्कुल भिन्न हो । कसैले जनताको अधिकार खोस्यो, कसैले जनताको अधिकारका निम्ति सँगसँगै लडेर आएको छ । सधैँ यो कुरा किन उठाउनुहुन्छ ? भन्र्ने प्रश्न गर्नु भयो । पछिल्लो समय अनलाइन मिडियाहरुमा हेर्नै नसकिने विषयबस्तुहरु आउन थालेको भन्दै मन्त्री बास्कोटाले बेलाबेला मिडियाको आतंक जस्तो देखिन गएको टिप्पणी गर्नु भयो । मन परेन भने कम्युनिस्ट पार्टीको सरकार मन परेन भन्ने हक भएको तर, हुँदै नभएको कुरा नल्याउन आग्रह गर्नु भयो ।