पूर्वराजा ज्ञानेन्द्र शाह आज झापाको दमकबाट इलाम जाँदै

१७ चैत्र २०७५, आईतवार ११:०४

काठमाडौँ , पूर्वराजा ज्ञानेन्द्र शाह आज झापाको दमकबाट इलाम जाँदै हुनुन्छ । पूर्वी नेपालको भ्रमणमा रहनु भएका पूर्वराजा शाह केही समययता दमकमा आराम गरेर बस्दै आउनु भएको छ ।

शाहले आइतबारदेखि इलाम र पाँचथर जिल्लाको भ्रमण गर्ने तय भएको स्रोतले जानकारी दिएको छ । पूर्वराजा त्यहाँ केही दिन व्यस्त हुने बताइएको छ ।

भ्रमणका क्रममा शाह इलामबाट चैत १८ पाँचथरको फिथिम जाने कार्यक्रम रहेको बताइएको छ । त्यसैगरी, १९ गते बिहानीपख फिदिम गढीमाइको दर्शन गर्ने र त्यहाँबाट इलाम फर्किएर २० गते इलाम नै बस्ने त्यसपछि २१ गते बिहान इलामको माइ मन्दिरको दर्शन गरेर दमक फर्किने कार्यक्रम तय भएको छ । उहाँले मठ मन्दिरको दर्शन गर्नुका साथै समर्थकहरुसँग पनि भेटघाट गर्ने तय भएको बताइएको छ ।