वन कार्यालयका कर्मचारी ३५ हजार घुससहित रंगेहात पक्राउ

१५ चैत्र २०७५, शुक्रबार १६:४१

विराटनगर , मोरङको लाटिझोडा सव डिभिजन कार्यालयका प्रमुख सलाउद्दिन अन्सारी ३५ हजार घुसहित पक्राउ परेका छन् ।सेवाग्राहीलाई काठ काट्न दिने भनी ३५ हजार घुस लिएका उनी डिभिजन वन कार्यालय मोरङको परिसरबाट रंगेहात पक्राउ परेका हुन् ।उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो ।