निर्धक्कसाथ नेपालमा लगानी गर्नुहोसः अर्थमन्त्री खतिवडा

१५ चैत्र २०७५, शुक्रबार ११:५२

काठमाडौं , अर्थमन्त्री युवराज खतिवडाले निर्धक्कका साथ नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई आव्हान गर्नु भएको छ । आज देखि आयोजित लगानी सम्मेलन २०१९का सहभागीलाई स्वागत गर्दै अर्थमन्त्री खतिवडाले स्थिर सरकारसँगै मुलुकमा संघियताको सफल कार्यान्वयन भइसकेकाले लगानीका लागि उपयुक्त वातावरण बनेको बताउनु भएको हो । अर्थमन्त्री खतिवडाले विदेशी लगानी सम्बन्धी कानुनी जटिलताको पनि अन्त्य भएको तथा लगानीका दृष्टिले प्रसस्त संभावना बोकेको मुलुक भएकाले निधक्र्कका साथ लगानी गर्न आग्रह गर्नु भयो । सरकारले अघि सारेको सम्मृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि स्वदेशी पूँजी र प्रविधि प्रर्याप्त नभएकाले विदेशी लगानीका लागि आव्हान गरिएको स्पष्ट पार्नु भयो ।