काठमाण्डौ, राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय, बर्दघाट, नबलपरासी बर्दघाट सुस्ता पश्चिममा कार्यरत कनिष्ट सहायक अन्चल सुनार अख्तियारको फन्दामा परेका छन । उनले सेवाग्राहीको स्वीकृत भइसकेको ऋण रकम निकाल्न नमिल्ने गरी रोक्का राखी सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिइएको टोलीले सुनारलाई सेवाग्राहीसँग दस हजार घुसबापतको रकम लिइसकेको अवस्थामा निवासबाट नियन्त्रणमा लिई अनुसन्धान कार्य गरिरहेको छ ।