
काठमाडौं, शुक्रबारदेखि सुरु हुने लगानी सम्मेलन २०१९ मा सहभागिता जनाउन भारतीय विदेश सचिव विजय गोखले काठमाडौँ आउने समाचारप्रति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले विज्ञप्ती जारी गर्दै नेपाल लगानी सम्मेलनमा भारतीय विदेश सचिव विजय गोखलेको नेपाल आगमन हुने कुराले खुसी भन्दा बढ्ता पीडा भएको जनाएको छ । नेपाल लगानी सम्मेलन (२०१९ नेपालमा वैदेशिक लगानी आकर्षित गर्ने एउटा राम्रो अवसर रहेको र यस किसमको सम्मेलन नेपालको आर्थिक समृद्धिको द्वार खोल्न सहायक सिद्ध हुनेमा कुनै शङ्का नभएको तर यसमा भारतीय प्रतिनिधित्व एक निर्मम अपसगुन मात्र हुने जनाएको छ ।
‘नेपालमा सरकारले वैदेशिक सहयोगका लागि दातृ सम्मेलन गरोस् वा वैदेशिक लगानीका निम्ति अन्तर्रा्ष्ट्रिय सम्मेलनको आयोजना गरोस् , त्यसमा भारतको प्रतिबद्धता उत्साहजनक हुने गर्छ तर त्यसको कार्यान्वयन सधैँ निराशाजनक ।’– विज्ञप्तीमा भनिएको छ । यस्तो छ बिज्ञप्ती

