गैरआवासीय नेपाली संघ एनआरएनएले पनि ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने

११ चैत्र २०७५, सोमबार १०:५९

काठमाडौ , गैरआवासीय नेपाली संघ एनआरएनएले पनि ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने भएको छ । संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने औपचारिक जानकारी गराएको हो ।
नेपालको खेलकुद क्षेत्रको विकासका लागि अन्तराष्ट्रिय क्षेत्रबाट पनि आवश्यक सहयोग जुटाउनआफूहरुकोतर्फबाटप्रतियोगितामा भाग लिने निर्णय गरिएको एनआरएनका अध्यक्ष भवन भट्टले जानकारी दिए ।प्रतियोगितामा एनआरएनएका तर्फबाट कराँते, जुडो, ब्याटमिन्टन, टेबल टेनिस, गल्फ, म्याराथन र बक्सिङ खेलका लागि २४ जना खेलाडी सहभागी हुने जानकारी गराइएको छ । अध्यक्ष भट्टले प्रतियोगितामा अमेरिका, अष्ट्रेलिया, जापान, हङकङ, मकाउ, मलेसियालगायतका गैर आवासीय नेपाली खेलाडीहरु सहभागी हुने स्पष्ट पारे ।