
काठमाडौं , नेपाली श्रमिकहरुलाई जापान लैजाने सम्बन्धमा नेपाल र जापानबीच आज दुई पक्षीय सम्झौता हुने भएको छ । जापानले कृषि, होटल, उद्योग, सुरक्षा, नर्सिङ लगायत एक दर्जन भन्दा बढी क्षेत्रमा काम गर्नका लागि नेपाली श्रमिकहरु लैजान लागेको हो । जसअनुसार पाँच वर्षमा झन्डै साढे ३ लाख विदेशी श्रमिक जापान जानेछन् ।
