उपभोक्ता अधिकार संरक्षण संघले उपभोक्ता अधिकार दिवस मनायो

१ चैत्र २०७५, शुक्रबार १२:१६

काठमाडौं , विश्व उपभोक्ता अधिकार दिवस आज नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । छलफल, अन्तर्क्रिया, प्रभातफेरी लगायतका कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।दिवसको अवसरमा वाणिज्य विभागले शुक्रबार बिहान काठमाडौंमा प्रभातफेरी आयोजना गरेको छ । यसैगरी उपभोक्ता अधिकार संरक्षण संघले पनि उपभोक्ता अधिकार सम्बन्धी छलफल कार्यक्रम गरेको छ । ‘गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकार हामी सबैको अधिकार’ भन्ने नाराका साथ विश्व उपभोक्ता अधिकार दिवस मनाइँदै छ । उपभोक्ता अधिकार संरक्षण संघका अध्यक्ष नेत्र बहादुर लिम्बूले विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा एक बिज्ञप्ति जारी गर्नु भएको छ । यस्तो छ बिज्ञप्ति