बुटवलको कालिकानगरमा बम भेटियो, प्रदेश ५ का जिल्लाहरुमा बन्दको प्रभाव

३० फाल्गुन २०७५, बिहीबार ११:००



बुटवल , बुटवलको कालिकानगरमा बम फेला परेको छ ।बिहिबार विहान डिभाईडरमाथि कालो रंगको शंकास्पद बस्तु भेटिएपछि सर्वसाधारण त्रसित भएका थिए ।बम प्रहरीले निस्क्रिय गरेको छ । प्रदेश ५ का जिल्लाहरुमा बन्दको प्रभाव परेको छ । सार्बजनिक यातायात,कलकारखाना,स्कुल,कलेज,व्यापार–व्यवसाय ठप्प छन् ।बुटवल, भैरहवा, पाल्पा, अर्घाखाँची लगायतका सार्बजनिक यातायात चलेका छैनन् ।