
काठमाडौँ , प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले सिके राउतसँगको सहमति नेपाली जनताको लागि स्वीकार्य नभएको दाबी गर्नु भएको छ । सोमबार विहान सरकार र सिके राउतबीचको सहमतिबारे आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले सहमतिमा दुबै पक्षको नियतमा खोट देखिएको बताउनु भयो ।
विद्रोही समूहलाई संविधान र राज्यको मूलधारमा ल्याइनू उपयूक्त हो,’ नेता कोइराले भन्नु भयो, ‘तर, सहमतीको दोस्रो बुँदामा उल्लेखित ‘जनअभिमत’ जनमत संग्रह शब्द राष्ट्रिय स्वाधिनता एवं अखण्डताको विपक्षमा देखिन्छ ।’साथै सहमतिको मुसी सुक्न नपाउँदै जनकपुरमा सिके राउत समूहबाट सिर्जित परिदृश्यले गम्भीर बनाएको बताउनु भयो ।
