अध्यक्ष सुषमा महरा आमरण अनसनको तयारीमा

२५ फाल्गुन २०७५, शनिबार १८:३५

काठमाण्डौं– काठमाडौं मलको विषय झन् जटिल बनेको छ । काठमाडौं मलका व्यपारीहरुले सधै नै विचौलियाबाट पिडित भएको भन्दै सञ्चयकोषलाई नै मलको व्यवस्थापन गर्न दवाव दिएका थिए । द काठमाण्डौं मल व्यापार संघका अध्यक्ष सुषमा महराको नेतृत्वमा व्यवसायीले सञ्चयकोषको कार्यालय काठमाण्डौ मलमा राख्न सफल भए । संञ्चयकोष आएपछि व्यवसायीले अब आराम संग व्यवसाय गर्न सकिन्छ भन्ने सोचेका थिए तर सञ्चयकोषको व्यवहारले मलका व्यवसायी झन रुष्ट भएका छन् । ‘सञ्चयकोषको व्यवस्थापन आए पछि ढुक्क संग व्यवसाय गर्न सकिन्छ भन्ने सोचेका थियौ तर सञ्चयकोषले चलखेल गरेर काठमाण्डौं मलका व्यवसायीलाई ठाउँ खाली गर्न लगाउँदै छ ।’ संघका अध्यक्ष सुष्मा महराले भन्नु भयो । सञ्चयकोषले नै व्यापारीक मल भन्दै व्यवसायीलाई बोलाएको भन्दै उहाँले अहिले व्यसायीलाई उठाउन खोज्नु जायज नभएको बताउनु भएको छ । मलमा ब्यवसाय गरेर वसिरहेका ब्यवसायहरुलाई नै हटाउने प्रपन्च सञ्चयकोषका कर्मचारीहरुले गर्न थालेपछि द काठमाडौं मल ब्यापार संघका अध्यक्ष सुषमा महरा अब आफू आमरण अनसनमा बस्ने बताउनु भएको छ ।
पछिल्लो पटक कर्मचारी संचयकोषका भवन प्रमुखसंग भएको वार्तामा ब्यवसाय सिध्याउने मिसन र ब्यपार संघ अघि बढे प्लान बी प्रयोग गर्ने जस्ता कुराले संचयकोषको नियत प्रष्ट भैसकेको महराको दावी छ । महराका अनुसार कर्मचारी संचयकोष सुन्धारा भवन काठमाण्डौ मल संचालनमा ल्याएयता संचयकोषले ब्यवसायीवाट १ अर्व ६६ करोड भन्दामाथि असुलि सकेको छ ।यति धेरै रकम असुल गरिसक्दा पनि उचित ब्यवस्थापन नगर्ने उल्टै ४ अर्व भन्दा ज्यादा लगानि गरेर बसिरहेको ३ सय ब्यपारी लाई साथै ३ हजार कर्मचारीले रोजगारी पाईरहेको केन्द्र लाईनै तहस नहस गर्न खोज्नु ज्यादति पुर्ण भएको बताउनु भएको छ । उहाँका अनुसार यहाँका ब्यवसायहरु टेन्डर मार्फत १५ वर्षको अवधि लिएर ठेकेदार आएपछि १५ वर्षको योजना बनाएर घर खेत भएका सबै जायजेथा बैंकमा राखेर काम गरेकाले अबको विकल्प कि त आत्महत्या गर्नु यात लड्नु मात्र भएको जानकारी प्राप्त भएको छ । यसैका लागि अध्यक्ष महरा आफ्नो प्राण नै दाउमा लगाएर भए पनि लड्ने अठोटका साथ आमरण अनसन बस्ने तयारीमा रहेको बुझिएको छ ।