
बाँके , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाँकेमा दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । नेपालगञ्जस्थित आयोगको कार्यालयले मंगलबार साँझ कार्यालयमा छापा मारेर ८७ हजार घुससहित उनीहरूलाई नियन्त्रण लिएको हो ।
नेपालगञ्ज भन्सार कार्यालयका नायबसुब्बा लक्ष्मण चन्दलाई ५२ हजार र आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, बाँकेका कार्यालय प्रमुख तथा खाद्य अनुसन्धान अधिकृत विनोदकुमार श्रीवास्तवलाई ३५ हजार घुससहित नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ ।
