सिटिजन्स बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

२२ फाल्गुन २०७५, बुधबार ११:२०

काठमाडौं, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दियाको गुलरिया मथुराद्वार स्थित श्री महाकवि देवकोटा माध्यमिक विद्यालयलाई १ लाखको आर्थिक सहयोग उपलब्ध गराएको छ ।विद्यालयको सभाकक्षमा आयोजित एक कार्यक्रमबीच उक्त सहयोग रकम प्रदान गरिएको हो । बर्दिया जिल्लाको ज्येष्ठ मावी श्री देवकोटा माध्यमिक विद्यालयमा अध्यनरत अत्यन्तै गरिव तथा थारु, मुस्लिम, मधेसी, जनजाती, दलित जातिका करिव १३ सय २५ बालबालिकाहरूको शिक्षाको गुणस्तर वृद्धिका निम्ति उक्त रकमको प्रयोग गरिने कुरा विद्यालयले जानकारी दिएको छ ।