
काठमाण्डौं, स्वीजरल्याण्डको जेनेभामा रहनुभएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आज संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदको ४० औं सभालाई सम्बोधन गर्दै हुनुहुन्छ ।
नेपालको मानवअधिकार सम्बन्धी प्रतिबद्धताका विषयमा मन्त्री ज्ञवालीले नेपाल सरकारको धारणा राख्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री ज्ञवाली मृत्युदण्ड सम्बन्धी व्यवस्थाका बारेमा आयोजना गरिएको उच्चस्तरीय अन्तर्क्रियामा सहभागी हुने जेनेभास्थित नेपाली स्थायी नियोगले उल्लेख गरेको छ । मन्त्री ज्ञवाली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल भोली काठमाडौं फर्किनेछ ।
