बोहोरासहितका नेताहरु कमल थापा नेतृत्वको राप्रपामा प्रवेश

१२ फाल्गुन २०७५, आईतवार ११:५४

काठमाडौं , दीपक बोहोरासहितका नेताहरु राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् ।पशुपतिशम्शेर जबरा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र प्रकाशचन्द्र लोहानी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच एकता भएपछि बोहोरा असन्तुष्ट हुनुन्थ्यो । उहाँकै अगुवाईमा भेला गरेर राप्रपा प्रजातान्त्रिक ब्यूँताउने प्रयास समेत भएको थियो ।तर, बोहोरासहितका नेताहरु आइतबार कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरेका छन् ।पार्टी प्रवेश कार्यक्रम बानेश्वरमा हुँदैछ ।