
काठमाडौं , नेपाली कम्युनिष्ट आन्दोलनका प्रखर विचारक कृष्णदास श्रेष्ठको निधन भएको छ । आमरुपमा माड्साबको नामले परिचित श्रेष्ठ ८७ वर्षको हुनुहुन्थ्यो । दम र पिसाबनली बन्द हुने समस्याबाट पीडित श्रेष्ठको शंखमूल, नयाँवानेश्वरस्थिति आफ्नै निवासमा दिउँसो १ः४० मा निधन भएको हो ।श्रेष्ठको पार्थिव शरीरमा मोहन वैद्य किरण, रामबहादुर थापा बादल, झलनाथ खनाल, देव गुरुङ, सोनाम साथी, पम्फा भुसाल लगायतका नेताहरुले उहाँको निवासमा गई श्रद्धाञ्जली प्रकट गर्नुभएको थियो ।
