इतिहाससम्बन्धी दुई पुस्तक बजारमा

११ फाल्गुन २०७५, शनिबार १२:०८

काठमाडौं , इतिहाससम्बन्धी दुई पुस्तक बजारमा आएका छन् । चित्तरञ्जन नेपालीको ‘श्री ५ रणबहादुर शाह’ र प्राडा श्रीरामप्रसाद उपाध्यायको ‘नेपालको इतिहास’ बजारमा आएका हुन् ।दुवै पुस्तक रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो । ‘श्री ५ रणबहादुर शाह’ १४२ पेजको छ । यसको मूल्य २९५ रुपैयाँ छ । त्यस्तै, ‘नेपालको इतिहास’ ४७९ पेजको छ । यसको मूल्य ४९५ रुपैयाँ छ ।