
काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ का सांसद उत्तरकुमार ओलीको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वर्गीय ओलीको शवमा पार्टीको झण्डा ओढाएर प्रधानमन्त्री ओलीले शुक्रबार श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो ।
प्रधानमन्त्री ओलीले मृतकका परिवार, आफन्तजन र सम्पूर्ण पार्टीपंक्ति प्रति गहिरो समवेदना समेत व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री ओलीले नेकपाका एकजना होनहार युवा नेताको निधनले सिंगो पार्टी र देशलाई नै क्षति पुगेकोे सो अवसरमा बताएको उहाँको निजी सचिवालयले जनाएको छ । । केही दिनअघि सवारी दुर्घटनामा परी घाइते भएका प्रदेश सांसद ओलीको ३७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो । उहाँको पार्थिव शरिरमा पार्टीका नेताहरुले फूलमाला अर्पण गरेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
